60beaf01d9c26_Untitled-2

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई खोप दिने भएको हो । राधास्वामी केन्द्र वसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

सरकारको यो निर्णयलाई सकारात्मक रूपमा लिएको र सबै विद्यार्थीलाई खोपको यथाशीघ्र व्यवस्था गर्नुपर्ने नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले बताए ।

त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा चलिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ