सेखर

शेखर दहित

न्यायालयबाट न्याय पाउने आशामा बसेका थारु समुदाय टीकापुर विद्रोहको ६ वर्ष पुग्दा पनि न्यायको पर्खाइमै छन् । अझै न्यायको झिनो आशाको टुकी मधुरो भए पनि बल्न छाडेको छैन । 

टीकापुरको समग्र थारु समुदाय पीडामा चिच्याइरहको बेला त्यो पीडा मलाई पनि अनुभव हुन्छ । एउटा वर्गलाई राज्यले गरेको नजरअन्दाज, राजनेताहरूले टीकापुर टाउनलाई राजनीतिक खेलमैदान बनाइरहँदा जिउमा एकाएका तरङ्ग पैदा हुन्छ, मन उत्तेजित हुन्छ, अनेकन विचार उत्पन्न हुन्छन् । तर न्यायमा विश्वास गर्ने थारु समुदायको न्यायका लागि मन एकाएक शान्त भई न्याय पर्खिन थाल्छ । 

टीकापुरसँग मेरो धेरै पुरानो साइनो गाँसिएको छ । २०४७–४८ देखि त्यही टीकापुरमा अध्ययन गर्दाका मेरो जीवनका स्वर्णिम पल, त्यहाँको माटोको सुगन्ध अझै स्मरण हुन्छ । त्यो टीकापुर टाउन, वरपर थारु समुदायको बस्ती, आफ्ना थारु लोक सभ्यता, मौलिक चाडपर्व, परम्परागत रीतिरिवाजमा व्यस्त देखिन्थे । उनीहरूलाई अन्य विषयमा सरोकार नै हुँदैनथ्यो भन्दा पनि हुन्छ ।

टीकापुर टाउनलाई खुलारूपमा जस्तोसुकै नक्सा दिए पनि उनीहरूले सहज स्वीकार गरेका थिए । टीकापुरले खड्गबहादुर सिंहजस्ता दूरदर्शी नेता पनि पाएको थियो, जसको परिकल्पनाले टीकापुर टाउन एकाएक विकासको गतिमा होडबाजीमा जित्दै थियो । टीकापुर सुनौलो भविष्यको स्वर्णिम अक्षरमा आफ्नो रेखा कोर्दै थियो ।

बहुल थारु बस्तीमा अन्य समुदाय पनि मिसिँदै थिए, जसले गर्दा समाजको सुन्दर पक्ष, समावेशी, मिश्रित समुदायले थप सुन्दरता थपेको थियो । खड्गबहादुर सिंहले कोरेको टाउनको रेखाचित्रले द्रूतगतिमा पूर्णता पाउँदै थियो । त्यो देखेर पनि सबै समुदाय आशातीत थिए । 

उद्यानभित्र राजा महेन्द्र देश दौडाहामा एक्कासी बिरामी पर्दा मौसुफलाई अकस्मात हाल रहेको उद्यानमा अवतरण गराउँदा निको भएकाले उहाँको सम्झनामा निर्माण गरेको कलात्मक महेन्द्र आरोग्य गृहमा फोटो खिचाउँदा मनमा स्फूर्ति आएको अनुभव हुन्छ । 

टाउनमा सबैभन्दा आकर्षक चपाँई बाजेको टाउनकै अग्लो भवन वरिपरि कोडाक रिलले फोटो खिच्चिक नपार्ने मान्छे कमै थिए । चार चौतारी वरिपरि बटुवाहरू आफ्ना घरायसी किनमेल गरी थकान मेटाउने गज्जबको थलो थियो ।

टीकापुरको ऐश्वर्या उद्यान हेर्न देशभरिका क्याम्पस, स्कुलका छात्रछात्रा, शिक्षकदेखि आन्तरिक पर्यटकहरूका हुल देखिन्थे । उद्यानभित्र राजा महेन्द्र देश दौडाहामा एक्कासी बिरामी पर्दा मौसुफलाई अकस्मात हाल रहेको उद्यानमा अवतरण गराउँदा निको भएकाले उहाँको सम्झनामा निर्माण गरेको कलात्मक महेन्द्र आरोग्य गृहमा फोटो खिचाउँदा मनमा स्फूर्ति आएको अनुभव हुन्छ । 

नयाँ वर्षको आगमनसँगै हजारौँ आन्तरिक पर्यटकलाई वनभोज जस्ता गतिविधिले मनोरञ्जन दिने टीकापुर– आजभोलि त्यो भीड देखिन छाड्यो । सायद मनमा असुरक्षाको डरले हुनुपर्छ । टाउनभित्रका प्रायः सबै गल्लीमा गरिएको कालोपत्रेले अन्यत्रबाट बसाइँसराइ गर्न लोभ्याउँथ्यो । यसरी वार्षिकरूपमा सयौँ मानिसलाई टाउनले न्यानो स्वागत गरेका थियो । 

टीकापुर टाउनलाई देशमै शैक्षिक नगरी भनी चिनाउन गरिएको शिक्षाप्रेमीहरूको सभा सम्मेलनले सबैलाई आशावादी बनाएको थियो । एकले अर्काको भाषा, संस्कृति, कलालाई दिएको सम्मानले मन गर्वले फुल्थ्यो । टाउनमा रहेका राज सिनेमा र शार्दूल चलचित्र मन्दिरले वरिपरिका सबैलाई मनोरञ्जन दिएको थियो ।

एउटा सुनौलो पथमा लम्किएको टीकापुर टाउन एकाएक २०७२ भदौ ७ गतेको घटनाले बाटो फेर्‍यो । विकासको गतिमा घर्षण पैदा हुन थाल्यो । विकासप्रेमीहरूले बनाएका १० बर्से सुनौला योजनाहरू त्यत्तिकै शिथिल भए । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विकास समय सापेक्ष उक्लिन सकेन ।

वर्गीय सङ्घर्षमा नैतिक समर्थन जनाउन नसक्दा कतिका आत्मीयतामा दरार देखिएका होलान् । थारुका घरका चाडपर्वमा गैह्रथारु जान नसक्दा कति मन टुटेका होलान् । गैह्रथारुका पूजा, ब्रतबन्धमा थारुहरूले जान नसक्दा कति सम्बन्धमा भावविह्वल भएका होलान् । 

साना–साना उद्योगहरू धमाधम खुल्दै थिए । होजियारी उद्योगहरूलाई पोसाक उत्पादन र निर्यातमा भ्यानभ्याइ थियो । पर्यटनलाई प्रवद्र्धन र कृषि क्रान्ति गर्न केही युवाले टाउनमै बनानाज जस्ता नमुना व्यवसाय सुरुआत गरेका थिए । टिभी, रेडियो, एफएम, पत्रपत्रिकाहरूले सञ्चार तथा प्रविधिमा फड्को मारिरहेकै थिए । 

एउटा सुनौलो पथमा लम्किएको टीकापुर टाउन एकाएक २०७२ भदौ ७ गतेको घटनाले बाटो फेर्‍यो । विकासको गतिमा घर्षण पैदा हुन थाल्यो । विकासप्रेमीहरूले बनाएका १० बर्से सुनौला योजनाहरू त्यत्तिकै शिथिल भए । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विकास समय सापेक्ष उक्लिन सकेन ।

विभिन्न जातजाति, भाषाभाषीको मिश्रित सुन्दर समुदायबीच सामाजिक असामञ्जस्यता देख्दा मन पोल्छ । एउटा सिङ्गो वर्ग न्यायका लागि बर्सौं सडकमा चिच्याइरहँदा पक्कै पनि अन्य समुदायलाई पनि पीडाबोध भएको हुनुपर्छ । वर्गीय सङ्घर्षमा नैतिक समर्थन जनाउन नसक्दा कतिका आत्मीयतामा दरार देखिएका होलान् । थारुका घरका चाडपर्वमा गैह्रथारु जान नसक्दा कति मन टुटेका होलान् । गैह्रथारुका पूजा, ब्रतबन्धमा थारुहरूले जान नसक्दा कति सम्बन्धमा भावविह्वल भएका होलान् । 

विगतका अटुट सम्बन्धको तुलनात्मक विश्लेषणले सामाजिक पर्यावरणमा असन्तुलन भई सद्भाव खलबलिएको महसुस हुन्छ । मैले देखेको त्यो टीकापुर टाउन, अझै एउटा पक्षले न्यायका लागि कारुणिक हारगुहार गरिरहेको छ भने सरकारले अझै पनि न्याय दिन नसक्दा मन विक्षिप्त हुन्छ । मनोवादमा आफैँलाई अनागरिक हुँ कि भनेर प्रमाणित गर्न खोज्छु । मेरो टीकापुर– त्यो सुन्दर टाउन– सहरमा बदलिँदै थियो ।(साभार कोशी अनलाइनबाट)
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ