धनगढ़ी, २६ भदौं । थरुहट मोर्चा लगायत थारु संम्वद्ध संघसंस्थाहरुले असोज ३ गते कालो दिनको रुपमा मनाउने भएका छन् ।
३ असोज २०७२ मा नेपालले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको विभिन्न धाराप्रति असन्तुस्ट जनाउदै सो दिन विगतदेखि नै कालो दिन रहेको थारु अगुवाहरुको भानाई छ ।
उक्त दिन देशमा दिपावली मनाईन्छ, तर थरुहट पक्षघरले कालो दिनको रुपमा लिन्छ । थारु समुदायले उठाउँदै आएको माग मुद्धा सम्बोधन नहुन्जेल असोज ३ खुशीयालीको दिन हुन नसक्ने थारु अगुवाहरुको भनाई छ । मोर्चाले सो दिन वृहट सभा गरि संविधान जलाउने कार्यक्रम समेत तय गरेको जनाएको छ ।