241276851_184410637099594_7921899845863198259_n

काठमाडौं, ३ असोज । बृहत नागरिक आन्दोलनले संविधानको संशोधन माग गर्दै मार्चपास गरेको छ । आइतबार सातौँ संविधान दिवसको दिन बृहत नागरिक आन्दोलनले तत्काल संविधान संशोधन गर्नुपर्ने माग राखेको हो ।

माइतीघरबाट नयाँ बानेश्वरसम्म भएको मार्चपासमा करिब एक दर्जन संघ, संस्थाहरू सहभागी थिए । 

मार्चपासमा सहभागीहरूले ‘मरे चिहान, बाँचे घर एकता नै हाम्रो भर, संविधानको धारा २७४ र अनुसूची ४ खारेज गर, असोज ३ कालो दिन, नश्लीय, अपूरो र अधुरो संविधानविरुद्ध कालो दिन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए

यता कैलालीको थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायत आदिवासी जनजाति संघ संगठनले असोज ३ गतेको दिनलाई कालो दिनको रुपमा मनाएका छन् ।

मोर्चाको अगुवाइमा कैलालीको जोशीपुरमा नेपालको संविधान २०७२ जारी गरेको दिनलाई कालो दिनको रुपमा मनाएको हो ।
मोर्चाले संविधानको धारा १८, २२ र ३२ तथा अनुसूचि ४ प्रति बढी विरोध जनाउँदै आएको छ । यसै बिच मोर्चाले संविधान संसोधनको माग नेपालको संविधानको अनुसुचि ४ र धारा २७४ जलाएको छ । मोर्चाका प्रवक्ता माधव थारुले संविधान संसोधन लगायत विभिन्न माग राख्दै विरोध सहित संविधानका धारा जलाएको बताए ।

संविधान जारी भएदेखि नै थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायत आदिवासी जनजाति संघ संगठनले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ