IPL1584091144463
Advertisements

असोज ०९ काठमाण्डौ । इपिएलको उद्घाटन खेलमा ललीतपुरलाइ काठमाण्डौले हराएको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।
बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर राएल बर्लको उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंस ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा विजयी सुरुवात गरेको छ । ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाडौंको जितमा जिम्बाव्वेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे । १५६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात पनि राम्रो हुन सकेन ।ओपनर सुबास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।
तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै काठमाडौंको ईनिङ्स समहाले । उनलाई राएन बर्लले गतिलो साथ दिए । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए । ११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर८८ थियो । त्यसपछि बराबरी बर्लले आक्रमक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए ।
ललितपुरका पवन सर्राफले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । राएन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झा ले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४रन खर्चिएपनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ