बर्दिया, ९ असोज। बर्दियाको बारबर्दिया नगर युवा संजालको आयोजनामा “हाम्रो बर्दिया हाम्रो शान,भाषा,संस्कृति,खेलकुद र सद्भाव हाम्रो पहिचान´´को मुल नारासहित लक्ष्मण थारु स्मृति टेक समुद्रा“बारबर्दिया कप-२०७८´´ खेलमा बारबर्दिया नगरपालिकाका नगर कर्मचारी र बारबर्दिया नगर युवा संजालबिच भएको खेलमा ० को बिरुद्ध २ संजाल बिजय भएको छ भने दोश्रो खेलमा बाबियाचौर स्पोर्ट्स क्लब सुर्खेत र बारबर्दिया नगर युवा संजाल, हर्नहवा,बर्दियाबिच भएको खेलमा ५ गोलको बिरुद्ध २ गोल गरेकोमा सुर्खेत विजय भएको छ ।

सो खेलको प्रथम पुरस्कार नगद रु.१,५०,०००/-(कर सहित), मेडल,ट्रफी,प्रमाणपत्र, दृतिय पुरस्कार नगद रु.७५,०००/-(कर सहित), मेडल, ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कार बिधागत रुपमा,म्यान अफ द म्याच प्रत्येक खेलमा, उत्कृष्ट खेलाडी सम्पुर्ण खेल बाट उत्कृष्ट बोल रक्षक सम्पुर्ण खेल बाट तथा अन्य बिबिध बिधाहरुमा पनि पुरस्कार दिने कुरा आयोजकले जानकारी ग़राएको छ।
बारबर्दिया कप-२०७८को प्रमुख अतिथी शिव गुरु रहेका थिए भने संजालका पुर्वअध्यक्ष राम सिंह चौधरीअतिथीको रूपमा रहनु भएको थियो साथै आयोजक संजालका अबिनाश बि कको अध्यक्षतामा भएको कार्यक्रममा महेश राम थारुले कार्यक्रम संचालन गरेका थिए। खेलको मुख्य प्रायोजक समाजसेवी,केन्द्रिय युवा तथा खेलकुद बिभाग सदस्य बिनय रावल रहेका छन।
भोली १० गते हुने खेलहरुमा लालीगुँरास युवा क्लब, मधुवन, बर्दिया र श्रीजनशिल युवा क्लब,बारबर्दिया,बर्दिया बिचको खेल दिउँसो २:००बजे हुनेछ भनि आयोजकले जनाएको छ। खेल बर्दियाको बारबर्दियाको धामपुरमा भइरहेको छ।