RS_KTM_Mantri_20201227_0D3A2697_0

कैलाली, २० असोज ।। पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरी आफू अहिले दलगत संलग्नताबाट टाढा रहेको बताउँछन् । हेर्दा एमालेमा रहेजस्तो देखिए पनि वास्तविकतामा आफू कुनै पनि दलमा नरहेको नेता चौधरीको भनाइ छ । आफू सधैँ नेकपा एकताको पक्षमा रहेको उल्लेख गर्दै चौधरीले भने, ‘यसभन्दा अन्य केही सोचेको छैन । म सधैँ नेकपा एकताको पक्षमै छु । म एमाले पनि होइन, माओवादी पनि होइन ।’

पुनः माओवादी फर्किँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा चौधरीले भने, ‘मैले नेकपा एकता नभए बृहत् माओवादी ध्रुवीकरण भनेको छु । मेरो सर्त यही नै हो । मेरो पहिलो माग र आग्रह भनेको प्रचण्डजी, माधवजी देखि लिएर केपी ओली सम्म एक ठाउँ उभिएर नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने भन्ने हो । अथवा नेकपा एकता हो ।’

पुनः नेकपा एकता सम्भव भएको चौधरीले दाबी गरे । अन्तमा चौधरीले पूर्वमाओवादी ध्रुवीकरण भए आफू पनि माओवादीमा फर्किने बताए । तर, त्यो भन्दा अगाडि आफ्नो सर्त नै नेकपा एकता भएको चौधरी बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ