husen2021-10-09-07-08-09

अभिनेता नाजिर हुसेनले जात र धर्मले सफलतालाई नछेक्ने भन्दै उत्साही भएर अघि बढ्न मुसहर र डोम समुदायका विद्यार्थीलाई हौसला दिएका छन् । भोर नामक गैरसरकारी संस्थाले नेपालभरिमा एसइई उतीर्ण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई गरेको सम्मान कार्यक्रममा हुसेनले यस्तो बताएका हुन् ।

शैक्षिक वर्ष ०७७ सालमा नेपालभरिमा एसइई उतीर्ण गरेका मुसहर समुदायका २१५ र डोम समुदायका ४ गरी २१९ जना दलित विद्यार्थीलाई भोरले शनिबार सम्मान गरेको छ । साथै, एसइई उतीर्णपश्चात उच्च शिक्षा हासिल गर्न चाहने ती सामुदायका विद्यार्थीलाई भोरले स्थापना गरेको भोर छात्रवृत्ति कोषबाट अध्ययनका लागि छात्रवृत्तिसमेत दिने जनाएको छ ।

कुनै पनि चिज हासिल गर्न जात, धर्म समस्या नरहेको भन्दै हुसेनले भने, ‘तपाईंहरू कहिले आफू दलित समुदायबाट हो, म यो गर्न सक्दिनँ भनेर नसोच्नुस्, । बरु त्यसलाई प्राप्त गर्न दृढ इच्छाशक्तिका साथ लाग्नुस् ।’

नेपालको चलचित्र क्षेत्रमा आफूले पनि ठूलो संघर्षपश्चात स्थान पाएको बताउँदै हुसेनले भने, ‘मेहनत गर्नुस्, त्यो परिश्रमको फल भगवान÷अल्लाह आफँैले एक दिन अवश्य दिनेछन् ।’

शिक्षा नै विकासको माध्यम रहेको उनले बताए । भोर संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोले भोरले स्थापना कालदेखि मुसहर र डोम समुदायलाई केन्द्रमा राखी कार्यक्रम गर्दै आएको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ