ravi_6

काठमाडौं : चर्चित प्रस्तोता रवि लामिछानेले सिधा कुरा … लिएर आउने भएका छन्।

मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गरेका छन्।

उक्त टेलिभिजन च्यानलले भारतमा चर्चित भएका टेलिभिजन कार्यक्रमलाई नेपालीमा बनाएर चलाउने भएको छ।

यो टेलिभिजन च्यानलले ‘सारेगमप लिटिल च्याम्प’ चलाउने घोषणा गरेको छ। घोषणा कार्यक्रममा आयोजकले ‘को बन्छ करोडपति’ कार्यक्रम महानायक राजेश हमालले चलाउने बताए।

त्यस्तै भारतमा सुपर हिट बनेको ‘क्राइम पेट्रोल’ को नेपाली भर्सन पनि चर्चित कलाकार दीपकराज गिरीले चलाउने भएका छन्। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ