ना

कार्तिक १६ सुखड । घोडाघोडी नगर पालिकाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोत तर्फका शिक्षकहरू आन्दोलित भएका छन् । माग सम्बोधन कालागि विभिन्न दबाब मूलक कार्यक्रम गर्दे आएका उनीहरूले मङ्गलवार नगर पालिकामा करिब २ घण्टा धर्ना दिएका हुन् ।

विद्यालय बन्द भएका बेला देखी विस्थापित भएका निजी श्रोत तर्फका शिक्षकको पारिश्रमिक उपलब्ध गराउनु पर्ने , नगर भित्र सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोत तर्फका शिक्षकलाई नगर शिक्षक घोषणा गर्नुपर्ने लगायतका मागहरू उनीहरूले राख्दै आएका छन् ।

माग सम्बोधन कालागि यस अघि पनि नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम उनीहरूले गरिसकेका छन् । अझै पनि नगर लाइ यही कार्तिक २३ गते सम्म आफ्नो धारणा सार्वजनिक गर्ने समय दिइने सङ्घर्ष समितिका अध्यक्ष मान बहादुर ढुँगालले बताए । फेरी पनि नगर पालिकाले आफ्नो माग बारे कुनै सुनुवाइ नगरे नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी पनि दिएको उनले बताए ।

यता नगर पालिकाले भने बाँकी रहेको पारिश्रमिक उपलब्ध गराउने तर सबै शिक्षकलाई नगर शिक्षक वा सो सरहको सेवा सुविधा दिन नसकिने बताउँदै आएको छ । अहिले नगर पालिकामा त्यस्तो बजेट पनि छैन नगर प्रमुख ममता प्रसाद चौधरीले भने , ”योग्यता हेरेर केहीलाई यसबारे सोच्न सकिने अवस्था छ । ”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ