घोडाघोडी, कार्तिक २२ । कैलालाीको घोडाघोडी नगरपालिकामा आन्दोलनरत सामुदायिक विद्यालयमा कार्यरत निजिस्रोतका शिक्षकहरुले आफ्ना आन्दोलनका कार्यक्रम केही समयका लागि स्थगित गरेको छ । सोमबार एक प्रेस बिज्ञप्ति जारी गदै, सामुदायिक विद्यालयमा कार्यरत निजिस्रोत सङठनले सो कुराको जानकारी गराएको छ । कार्तिक २३ गते देखि आन्दोलनरत सामुदायीक बिद्यालयमा कार्यरत निजीस्रोत संगठनले ३० गते भित्र आफ्ना मागहरु सम्बोधन गर्नु पर्ने बताएका छन।
नगरपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयमा कार्यरत निजिस्रोत शिक्षकहरुले आफ्नो सेवा सुविधा र नगर शिक्षक घोषणा गर्ने माग राखी घोषणा गरिएको चरणवद्ध आन्दोलनका बिषयमा नगरपालिका बाट प्रकाशित प्रेस विज्ञाती पश्चात् कार्तिक २३ गते सार्बजनिक आन्दोलनका कार्यक्रमलाई कार्तिक ३० गते सम्मका लागी स्थगित गर्ने निर्णय गरेको छ।
आफ्ना मागहरु पुरा गर्नको लागी नगरपालिका तयार भएको भएपनि नगरपालिकाले आफ्ना के कति मागहरु, कुन मिती सम्ममा पुरा गर्ने बिषयमा नगरपालिकाले कुनै जानकारी नखुलाएको हुदा आफुहरुलाइ ससंकित तुल्याएको र कार्तिक ३० गते भित्र सर्बदलियको प्रतिबेदन सार्वजनिक गरि आफ्ना माग पुरा गर्न नगरपालिकालाइ संगठनले अनुरोध गरेको हो । उक्त समय भित्रमा आफ्ना मागहरुका बिषयमा नगरपालिकालृ सार्वजनिक गरेका बाचा कार्यान्वयन नगरिएमा थप संघर्षका कार्यक्रमहर, घोषणा गरि आन्दोलन गर्न बाध्य हुने संगठनले जनाएको छ ।
सामुदायीक बिद्यालयमा कार्यरत निजीस्रोतका शिक्षकका माग सम्बोधनका लागी कार्तिक १७ गते नगरपालिकाले प्रेस बिज्ञप्ति जारी गर्दै, नगरपालिका भित्रका शिक्षा संग सरोकार राख्ने व्याक्ति संगको छलफलपछि अनुसन्धान गरेर मात्र माग सम्बोधन गर्ने जनाएको थियो ।