259315997_1250603665437606_1082710608922080289_n (1)

धनगढीः कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि लम्कीमा तनाव सृजना भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि तनाव बढेको हो।

मृतकको सनाखत भएको छैन। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रह्रीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ