धनगढी, १३ मंसिर । जिल्ला ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाउने अभियान सुरु गरेको छ। सडक अवरुद्ध हुने गरी जथाभावी पार्किङक गरिएका तथा निषेधित स्थानमा पार्क गरिएका सवारीसाधनमा ‘ह्विल लक’ लगाइने अभियान थालेको हो ।
अव्यवस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।
उनका अनुसार सोमबार पहिलो दिन धनगढीको मुख्य सडकामा राखिएका सवारी साधनमा लक लगाईएको बताए । अबदेखि नो पार्किङमा रहेका सवारी साधनमा तुरुन्त ह्विल लक लगाउने र कारबाही गर्ने बताए ।