152222148_259953942416703_8484951508283216930_n

हसुलिया, ११ फागुन । थरुहट थारुवान राष्ट्रिय महिला मोर्चा कैलालीको संयोजकमा सुशिला चौधरी सर्वसहमत चयन भएकी छिन् । मंगलबार हसुलियामा भएको भेलाले सुशिला चौधरीको संयोजकत्वमा २५ सदस्यीय कमिति गठन भएको छ ।

मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुको प्रमुख आतिथ्यतामा भएको भेलाले यहि फागुन १५ र १६ गते हुना लागेको ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’को तयारीमा जुट्ने निर्णय समेत भएको छ ।

प्रवक्ता थारुले नवगठित सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ