नेपालगञ्ज, १५ पुस। नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका-६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिनु भएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उहाँले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाईएको बताउनुभयो ।
कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन्।
घटनामा २३ वर्षीय भट्टराईसहित आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो। श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएका थिए। भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर निस्सासिएर घटना भएको हुनसक्ने बताउनुभयो ।
बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ।