tal

कञ्चनपुर,१० चैत । कञ्चनपुरको पुनर्वासमा रहेको प्याराताल सरसफाइको काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्यारातालको जलकुम्भी झिकेर सरसफाइ गरिरहेका बेला भारतीय एसएसबीले सो कार्यमा अवरोध गरेको पुनर्वास नगरपालिका नम्बर ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले बताए ।

सीमा स्तम्भ नम्बर १९५ देखि झण्डै ३ सय मिटर नेपाल तर्फ रहेको सदाबहार जलाशय प्यारातालमा फैलिएको जलकुम्भी नामको झार सफाइ गर्ने कार्यमा बिहीबार एसएसबीले रोक लगाएको वडा अध्यक्ष जैशीले बताए । तालमा पूर्ण रूपले नेपालको अधिकार भएको नेपाल -भारत सीमा स्तम्भ नम्बर १९५ ले पुष्टि गरिरहे पनि भारतले बारम्बार हस्तक्षेप गरिनु बल मिच्याइ भएको उनले बताए ।

ताल भन्दा पारी अवस्थित १९५ नम्बरको सीमा स्तम्भका आधारमा प्याराताल नेपालको भएको भए पनि भारतले पटक पटक हस्तक्षेप गर्दै आएको स्थानीय बताउँछन् ।

प्याराताल दस्ताबेजका आधारमा नेपालकै हो तर पनि भारतले पटक पटक हस्तक्षेप गर्दै आएको स्थानीय शिक्षक भविश्वर अर्यालले बताए । पटक पटक भारतीय पक्षबाट हुँदै आएको यो हस्तक्षेप रोकेर सीमाको विवाद सल्टाउन सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । केहि दिन अघि मात्रै प्यारातालमा नेपाली युवाहरूले डुङ्गा सञ्चालनमा ल्याएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ