FB_IMG_1649252930379

धनगढी, २३ चैत । थारु पत्रकार संघ कैलालीकाे साधारण सभा तथा चौठा जिल्ला अधिवेशन बुधबारकाे धनगढीमा सम्पन्न गरेकाे छ । अधिवेशनबाट दिनेश दहितकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।

कार्यसमितिकाे उपाध्यक्षमा रतनलाल चौधरी, सचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा विवश चौधरी, सहसचिवमा अनिता चौधरी चयन भएका छन । यस्तै गरी सदस्यमा प्रेमलाल चौधरी, गीता चौधरी, नरेन्द्र चौधरी, मोतीराम चौधरी, राजु चौधरी, श्रीशा राना चयन भएका हुन ।

यस्तै, थारु पत्रकार संघ नेपालकाे यही चैत २५ र २६ गते नवलपुरकाे अमलटारीमा हुने पाँचौं राष्ट्रिय महाधिवेशन तथा १० औं साधारण सभाकाे लागि केन्द्र्रीय प्रतिनिधि छनौट गरेकाे छ । केन्द्रीय प्रतिनिधिमा प्रेम चौधरी, भीमबहादुर चौधरी, ईन्दु चौधरी, लखन चौधरी, मुकेश टेंर्रा, अविनाश चौधरी, राम दहित, सागर कुश्मी, विदेश चौधरी छनौट भएका छन ।

थारु पत्रकार संघकाे केन्द्रीय उपाध्यक्ष उन्नती चौधरी उद्घाटन गरेकाे कार्यक्रम जिल्ला अध्यक्ष प्रेम चौधरीकाे अध्यक्षतामा भईकाे हाे ।

कार्यक्रममा नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)काे पूर्व केन्द्रीय सल्लाहकार गणेश चौधरी थारु समुदायकाे मुद्दा उठानकाे लागि थारु पत्रकारहरुकाे अहम भूमिका रहेकाे बताए । कार्यक्रममा संघकाे जिल्ला निवर्तमान कोषाध्यक्ष भानुप्रताप राना, प्रेस चौतारीकाे प्रदेश सदस्य छपिलाल चौधरी, फोनिज जिल्ला अध्यक्ष राम दहितलगायत शुभकामना व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ