टिकापुर, २ बैशाख। कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–४ मौरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल पछाडी सवार जानकी गाउँपालिका–का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा बिहिबार राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।
एम्बुलेन्स चालक बर्दीयाका अन्दाजी ३१ वर्षीय कालीमान चौधरी र मोटरसाइकल चालक जानकी ६ का ५० वर्षीय रामदयाल चौधरी इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेका बताइएको छ ।