Screenshot_20220417-154218_Facebook

सिन्ह्वा। दक्षिण कोरियामा २४ घण्टाको अवधिमा  ९३ हजार नयाँ कोभिड-१९ संक्रमित थपिएका छन्। शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएको  स्वास्थ्य अधिकारीले बताएका छन्। नयाँ थपिएका सहित  कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको हो।

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण देखिएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जनाएको छ। यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। 

यहाँ कोरोना सङ्क्रमण  घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  गत २४ घण्टामा अर्थात् शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएसँगै कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

खोपको दुई मात्रा लगाउने व्यक्तिको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको  कूल जनसंख्याको ८६.८ प्रतिशत हो।एजेन्सीबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ