death-body-found-area-1

धनगढी, फाल्गुन १६/ शनिबार बिहान गेटा मेडिकल नजिकै मृत अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्।

रानाको हत्यामा संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै उनीहरुले शव नबुझेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले सेती प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको भएपनि अहिलेसम्म परिवारले नबुझेको बताए। प्रहरीले घटनाको अनुसन्धानका लागि विभिन्न व्यक्तिमाथि सोधपुछ गरिरहेको जनाएको छ। शनिबार दिउँसो मात्र ईलाका प्रहरी कार्यालय मालाखेतिले अनुसन्धानका लागि १२ जनालाई नियन्त्रणमा लिएको थियो।

सोधपुछका लागि मात्र नियन्त्रणमा लिइएकाले उनीहरुको परिचय सार्वजनिक गर्न नमिल्ने प्रहरीले बताएको छ। अहिले उनीहरुमाथि सोधपुछ गर्ने काम भइरहेको छ।

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ