Tharuhat1
Advertisements

धनगढी, १६ फागुन । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कांग्रेस कम्युनिष्टमा रहेका थारुले जनतालाई गुमराहमा राखि झुठको खेती गरि रहेकाले थारुहरु अधिकार पाउनबाट वञ्चित रहेको बताएका छन् ।
आइतबार भजनी नगरपालिका–२, मोहनपुरमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबसम्म कांग्रेस कम्युनिष्टमा रहेको थारु साथीले जनतालाई गुमराहमा राखि झुठको खेती गर्छन् तबसम्म थारुहरुले आफ्नो हक अधिकार र पहिचान पाउनबाट वञ्चित रहने बताए ।
‘कांग्रेस कम्युनिष्टमा बस्ने थारु साथीहरु जनतालाई गुमराह गरेर झुटको खेती गरेर जनताले अधिकार पाउँछ, पहिचान पाउँछ ?’, नेता महतोले भने ।


उनले थारुहरु माथि अन्याय अत्याचार, दमन र शोषण भएको बताए । साथै उनले कांग्रेस र कम्युनिष्ट सरकारले सांसद रेशम चौधरीलाई जेलमा होलेको पनि बताए ।
नेता महतोले भने–‘अरे अन्याय पनि तिमीले गर्ने, कसको सरकार, कम्यूनिष्ट पार्टीको सरकार होइन ? जेलमा हालेको कले हो ? जेलमा हाल्ने कम्यूनिष्ट पार्टी होइन रेशम चौधरीलाई ? लक्ष्मण थारुमाथि मुद्धा लगाउने यहि कम्युनिष्ट, कांग्रेस न हो । अनि त्यही पार्टीमा बस कल्याण हुन्छ ?’
थारुहरुले कांग्रेस कम्युनिष्ट पार्टीलाई भोट दिएर सरकार बनाइ दिने तर उसको बदलामा जेलमा बस्नु पर्ने नेता महतोले भने ।
‘त्यही पार्टीलाई भोट देउ, सरकार बनाई देउ अनि त्यले तिमीलाई जेलमा राख्छ, गोली चलाउछ, कंगाल बनाई दिन्छ अनि त्यही पार्टीमा बस्ने ? यस्तोमा थारुहरुको कल्याण हुन्छ ?’, उनले प्रश्न गरे ।
उनले यस्तो कमजोर मनस्थितिबाट देश पनि नचल्ने र अधिकार पाउनेहरुले अधिकार पनि पाउँदैन न त पहिचान नै पाउँने बताए ।
यसका साथै नेता महतोले सरकारले मधेश थरुहटमा गोली चलाएर, जेलमा राखेर संविधानको घोषणा गरेको औँल्याए । कार्यक्रमलाई सम्बोधनकै क्रममा नेता महतोले भने–‘यो संविधान बनाउने को त ? जुन संविधानका लागि थरुहट आन्दोलन भयो । त्यो संविधान बनाउने को थियो त ? वही कांग्रेस होइन ? अरे कोइराला त्यत्तिबेला थियो सुशिल कोइराला, कांग्रेस पार्टी होइन ? अनि एमाले होइन ? माधव नेपाल केपी शर्मा ओलीले संविधान बनाएको होइन ? अनि माओवादी प्रचण्ड महरा जीले संविधान बनाएको होइन ?’

थरुहट-थारुवान मोर्चाको राष्ट्रिय सम्मेलन सम्पन्न

कैलालीको कैलारी गाउँपालिका–१ हसुलियामा थरुहट थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । 
घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । घोषणापत्रमा सहकार्य, एकता, मोर्चाबन्दी गरी संघर्षलाई जारी राख्ने लगायत उल्लेख गरिएको छ । शनिबारदेखि सम्मेलन सुरु भएको थियो । सम्मेलनमा पूर्व मेचीदेखि महाकालीसम्मका मोर्चाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ