153213990_429949508107906_990054762977412052_n

काठमाडौं, फाल्गुन १६/काठमाडौंको साँखु घर भएकी एक १८ वर्षीया किशोरीले काकाबाट आफू बलात्कृत भएको भन्दै सहयोगको अपिल गरेकी छिन्।

सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेखेर उनले आफ्नै काकाले बलात्कार गरेको आरोप लगाएकी छिन्।  एक वर्ष पहिले आफ्नै काकाले दुई पटक बलात्कार गरेको र कसैलाई केही भने बुबालाई मार्ने धम्की दिएको आरोप उनले लगाएकी छिन्।

बलात्कार आरोपितले उनलाई आफूसँगै फिनल्यान्ड लैजान लागेको र आफू जान नचाहेको उनले बताएकी छिन्। घटनाबारे अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ