Screenshot_20220727-125114_Facebook

कञ्चनपुर । कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षिय पुरुष पक्राउ परेका छन । जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा लालझाडी–२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका हुन ।

पीडित परिवारले सोमबार दिउँसो करिब १२ बजेतिर बलात्कार भएको भनी मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रानालाई अहिले ईलाका प्रहरी कार्यालय बेलौरीको थुनामा राखिएको प्रहरी निरीक्षक दानसिँह भण्डारीले बताए । ती बालिकाका हजुरबुवा नाता पर्ने राना त्यहाँका ‘भगत’ पनि रहेको बताईएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ