Advertisements
हसुलिया, १३ सावन । कैलाली जिल्लाके कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुरकाे बाढीबाट विस्थापित १६ परिवारलाई प्लाष्टिक घर, नल्का, अस्थायी चर्पी हस्तान्तरण गरेकाे छ ।
कैलारी गाउँपालिकाकाे समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारबाट पाँच थान अस्थायी चर्पी, सात वटा नल्का, १६ घरपरिवारलाई प्लाष्टिक घर बनाउने सामाग्री दिईएकाे छ । त्याे सामाग्री कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, सुदूरपश्चिम प्रदेशसभा सदस्य विरमान चौधरी, वडा नम्बर ३ काे अध्यक्ष सन्तराम चौधरीबाट हस्तान्तरण गरिएकाे बटाईएकाे छ ।
त्यो सामागी गाउँकाे भल्मन्सालाई हस्तान्तरण गरिएकाे छ । मोहना लडियाबाट बस्ती कटान गरेपछि शिवरत्नपुरकाे १६ घर विस्थापित भएकाे छ ।