हसुलिया । कैलालीकाे कैलारी गाउँपालिका गदरियामा एक कार्यक्रमकाबिच सावनिया डाेला र तिज बिशेष शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा वडा अध्यक्ष प्रेम चाैधरीले सबै राना समुदायलाई शुभकामना दिदैं यस्तो संस्कार र सँस्कृतिले समाजमा सदभावना, प्रेम बढ्ने बताउनु भयाे। कार्यक्रममा राना समुदायका सहभागीहरुले अाफ्नाे पाेशाकमा सजिएका थिए र कार्यक्रम पछि डाेला(पिङ) खेलाईएकाे कुरा शिक्षिका लक्ष्मि रानाले जानकारी गराउनुभयाे। कार्यक्रममा वडा सदस्यहरु, स्थानिय बुद्धिजीवी, शिक्षक र स्थानीयकाे सहभागिता रहेकाे थियाे। राना र कठरिया समुदायले सावनिया डाेलामा रमाइलो गर्ने चलन रहेकाे छन।