हसुलिया, १३ सावन । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा–३ शिवरत्नपुरकाे बाढी प्रभावित ४० घरपरिवारलाई खाद्यन्न तथा लुगा वितरण गरिएकाे छ ।
कैलारी गाउँपालिकाके अध्यक्ष राजसमझ चौधरीकाे विशेष समन्वय तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री राज्यमन्त्री टेकबहादुर रैकाकाे पहलमा शिवरत्नपुरके बाढी पीडित ४० घरपरिवारलाई खाद्यन्न तथा लुगाफाटो, प्राथमिक स्वास्थ्य किडस वितरण गरेकाे हो ।
कैलारी गाउँपालिका, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयकाे समन्वयमा कारण इन एक्टकाे सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराबाट बाढ पीडितहुरुलाई खाद्यन्न तथा लुगाफाटो प्राथमिक स्वास्थ्य किडस वितरण गरेकाे छ ।
बाढि पीडितहरुलाई सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, नेपाली काँग्रेस कैलालीके कार्यवाहक सभापति खेमराज डगौंरा, वडा नम्बर–३ काे अध्यक्ष सन्तराम चौधरी, नेपाली काँग्रेस घोडाघोडी नगरपालिका सभापति बमबहादुर सिंह, नेपाली काँग्रेसके महासमिति सदस्य रामचरण चौधरी, नेपाली काँग्रेस कैलारी सभापति कृष्णप्रसाद चौधरी, नेपाली काँग्रेस कैलारी सचिव मिना चौधरी, सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाके स्वकीय सचिव राजेन्द्र रैका लगायतले त्याे सामाग्री वितरण गरेका हुन ।