FB_IMG_1660920226879

हसुलिया, ३ भदौ। कैलारीकाे बैजपुर गाउँ लगायत विभिन्न थारु गाउँहरुमा सामुहिक अस्टिम्की पर्व मनाउँदै छन। गाउँभरिका युवतीहरु गाउँकाे सभा हलमा सामुहिक रुपमा पर्व मनाएका हुन। न्यू प्रशंसा युवा क्लब बैजपुरकाे अायाेजनामा साे कार्यक्रम भएकाे हाे। क्लबले अाैपचारिक कार्यक्रम गरि एक ठाउँमा अस्टिम्की तिक्ने कार्यक्रम गरेकाे क्लबका अध्यक्ष हरिचरण चाैधरीले बताए । कार्यक्रममा गाउँका भलमन्सा गणेश चाैधरी, अघरिया लक्ष्मण चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रम मिसन चाैधरीले गरेका थिए। टिक्ने कार्यक्रम सकिए पछि रातभरी अस्टिम्की गित गाउने कुरा व्रतालु कविता काव्यले बताईन। यस्तै गरि नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व मनाएका हुन् ।
ई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा समेत गरेका हुन् ।

अष्टिम्की पर्वमा विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को दीर्घायूको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेको थारु अगुवा शत्रुघनप्रसाद चौधरी बताए ।

अष्टिम्की पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउदै अगुवा चौधरीले भोलिपल्ट विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिने चलन रहेको बताए ।

उनले भने, ‘ अष्टिम्की मूलतः थारू समुदायमा महिलाहरूको पर्व हो । तर स्वेच्छा अनुसार पुरुषहरू पनि ब्रत बस्न सक्छन् । यो पर्वमा दिनभरि ब्रत बस्ने चलन छ ।
भित्तामा विभिन्न पौराणिक चित्रहरु बनाउँछन् र पूजा गर्छन्। विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को र अविवाहित युवतीहरूले उत्तम वर पाउनको लागि व्रत बस्छन् ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ