FB_IMG_1661082072879

धनगढी। पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।

हरेक वर्ष भदौको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ । ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ ।

थारु भाषामा आइतबारलाई रैब भनिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता रहिआएको छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ