Screenshot_20220901-120407_Facebook

कैलाली, १६ भदौ । पथरैया नदीमा आएको बाढीले कैलालीका सयौं घर डुबानमा परेका छन् । भजनी नगरपालिका-८ मा नदीको पानीले सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल जलमग्न बनेका हुन् ।घरमा बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । यहाँ अझै वर्षा जारी रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ