Screenshot_20230117-224303_Facebook
लहिया थारु

भुरभुरा रहर थारु सिनेमाकी प्रमुख कलाकारमध्ये एक लहिया थारूको ७० वर्षको उमेरमा निधन भएको छ ।

बाँयाबाट पहिलाे लहिया थारु

तुलसीपुर उपमहानगरपालिका–१०, गैरी गाउँ दाङकी लहियाको माघ २ गते राती सवा ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ख्याल बगालका महासचिव प्रणव आकाशका हजुरआमा थिइन् । प्रणव भुरभुरा रहरका लेखक तथा क्रियटिभ डाइरेक्टर हुन् । 

भुरभुरा रहरमा त्यस फिल्मका प्रमुख पात्र छविलाल कोपिलाको आमा भएर अभिनय गरेकी लहियाको अभिनय जीवन्त थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ