image-1

प्राडा कृष्णप्रसाद पौड्यालको चितोनियाँ थारू भाषाको व्याकरण प्रकाशित भएको छ  ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित १९२ पृष्ठको  यस पुस्तकको मूल्य रु २५५ रहेको छ ।
प्राडा कृष्णप्रसाद पौड्याल भन्छन्, अंग्रेजी भाषामा केही वर्ष पहिला नै प्रकाशित भए तापनि नेपाली भाषामा प्रकाशित भएको चितोनियाँ थारू भाषाको यो पहिलो व्याकरण हो। यस पुस्तकको प्रकाशनबाट अंग्रेजी लेख पढ गर्न नसक्नेहरुले पनि चितोनियाँ थारू भाषाको अध्ययन गर्न सक्ने  अवस्था सिर्जना भएको छ । 
लेखक पौड्यालले यो पुस्तकको प्रकाशनका निमित्त पहल गर्ने प्राडा योगेन्द्र प्रसाद यादव तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्रति आभार व्यक्त गरेका छन् ।पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानको विक्री कक्षमा उपलब्ध  छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ