डडेल्धुरा । खिरबाजेको नामले प्रशिद्ध डडेल्धुराको साहुखर्कका शेरबहादुर देउवाको ७२ वर्षको उमेरमा निधन भएको छ ।
तीन दशक अगाडि साहुखर्कमा खिर। पसल खोलेर व्यवसाय सुरु गरेका देउवा राष्ट्रिय रुपमैं खिरबाजेको नामले परिचित थिए ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ निवासी उनले २०३२ सालदेखि भिमदत्त राजमार्गका यात्रुलाई स्वादिष्ट खिर खुवाउँदै आइरहेका थिए । अहिले उनको व्यवसाय नाती पुस्ताले चलाइरहेको छ ।