हसुलिया। बर्षाकाे मुुुखमा बाढी पिडिट बस्टीहरुकाे घर टहरा हटाउने सुचनाले किसानहरुलाई संसकित बनाएकाे छ।
“बर्षाको मुखमा पानी पर्छ, बाढी आउँछ, त्यही जा र मर” भने जस्ताे गरि ७ दिने सुचना सव डिविजन वन कार्यालय, बसन्ताबाट आएको बाढी पिडित बस्टी बैजपुरका भलमन्सा ओम प्रकाश चाैधरीले आफ्नो आक्रोश पोख्नु भयो।
“आखिरमा दलाल सरकारका एजेन्टहरुले चुनावी मैदानमा तपाईकाे बस्टीकाे पुर्ण रुपले ग्यारेन्टी गर्नेहरु बर्षाकाे मुखमा बस्टी उजार गर्ने भए” भनेर बाढीपीडित बस्टी मनिकापुरका बासिन्दा तथा स्थानीय नेता करण थारुले आफ्नो आक्रोश पोख्नु भयो।

“सरकारले सक्छ भने बाढीपीडित बस्टीहरुलाई व्यवश्थित गर्नुपर्ने हाे, तर बर्षाकाे मुखमा बस्टीका घर टहरा हटाएर, जनताहरुलाई बेघर बनाएर, अरु काम नपाएर सरासर दु:ख दिन खाेजेकाे हाे।” भन्दै बाढीपीडित बस्टी बैजपुर बासिन्दा गणेश चाैधरीले सरकारलाई चुनाैती दिनुभयाे।
किसानहरु बैशाखमा गहुँ भिट्यासकेपछि, जेठमा धान राेपाईकाे तयारीमा ब्याड छर्ने, जग्गा जनजाेट गर्ने, जग्गाबाट घाँसपाटहरु हटाउने, गाेबर मलहरु हाल्ने लगायतकाे काममा ब्यस्त हुन्छन। उहाँहरुकाे याे व्यस्त हुने समय हाे। आज काम नगरे बर्ष दिन खान नपुग्ने र भाेक भाेकै बस्नु पर्ने बाध्यता पनि हुन्छ। यी क्षेत्रका किसानहरुका जग्गा खल्ला ठाउँमा भएकाेले बर्षेनी बाढीले, कटान, पटानले राेपेकाे बालीनाली नष्ट हुने गरेका छन।
सव डिविजन बन कार्यालय, बसन्ताले जेठ १४ गतेका दिन श्याम सुन्दर माझी सहायक बन अधिकृत, अधिकृत स्तर साताैकाे हस्तरित सुचना बस्टी-बस्टीमा ताँसिएकाे छ। कैलारी गाउँपालिका वार्ड नं. ५ स्थित उत्तरमा बैजपुर प्रतिक्षालय, पुर्बमा बसन्ती सामुदायिक बन, पश्चिममा कटैनी नदि र दक्षिणमा बसन्ती सामुदायिक बन भित्र पर्ने बाढी पिडिट बस्टी बैजपुर गाउँ, त्यसै गरि उत्तरमा पवेरा सामुदायिक बन, पश्चिममा कटैनी नदि, पुर्वमा पवेरा सामुदायिक बन, दक्षिणमा कटैनी नदि र हुलाकी सडक खण्डभित्र पर्ने बाढीपीडित बस्टी मनिकापुर र कमैया बस्टी सपना शिविरकाे क्षेत्रमा बनिरहेका र बनिसकेकाे घर टहरा ७ दिनभित्र चल अचल सम्पति ७ दिन भित्र हटाउनलाई सुचना निकालिएको छ।
