हसुलिया। कैलालीमा बिना बिकल्पकाे बर्षाकाे मुखमा बाढीपीडित बस्टीहरुकाे घर टहरा हटाउने सुचना प्रति चारैतिर घाेर विराेध भैरहेकाे छ।
सात दलले संयुक्त रुपमा विज्ञप्ति निकाली गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ। विज्ञप्तिमा भनिएकाे छ, बर्षाकाे मुखमा बाढीपीडित जनतालाई डर, त्रास, भय सृर्जना हुनेगरी वातावरण खल्बल्याउने कार्यप्रति आपत्ती व्यक्त गर्दछौ र यसमा आफ्नो दलकाे कुनै सहभागी नरहने व्यहाेरा जानकारी गराउँदै यदि बन कार्यलय र स्थानिय निकायले डर, त्रास र आतंक सृर्जना हुने गरि घर टहरा हटाउने गरेमा कुनै घटना परिघटना भएमा स्वय जवाफदेहि हुने जानकारी गराइएकाे छ। विज्ञप्तिमा नेपाली काङ्ग्रेसका मिना चाैधरी, नेकपा एमालेका चन्द्रिका चाैधरी, नेकपा माअाेवादी केन्द्ररका बतासु चाैधरी, नागरिक उन्मुक्ति पार्टीका शंकर चाैधरी, राप्रपाका नेपालु चाैधरी, नेपाल कम्युनिस्ट पार्टीका हरिचरण चाैधरी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका राम जनम चाैधरी लगायतकाे हस्ताक्षर रहेकाे छ।

यता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले छुट्टै विज्ञप्ति निकाली बर्षाकाे मुखमा बाढीपीडित कृषकहरूलाई आतंकित र त्रासित बनाउने कार्यप्रति घाेर आपत्ति प्रकत गरेकाे छ। बल प्रयाेग गरि बस्टि खाली गराउन खाेजे त्यसकाे कडा जवाफ जनताले दिनेछन भनी क. महान हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ।

सव डिविजन बन कार्यालय, बसन्ताले जेठ १४ गतेका दिन श्याम सुन्दर माझी सहायक बन अधिकृत, अधिकृत स्तर साताैकाे हस्तरित सुचना बस्टी-बस्टीमा ताँसिएकाे छ। कैलारी गाउँपालिका वार्ड नं. ५ स्थित उत्तरमा बैजपुर प्रतिक्षालय, पुर्बमा बसन्ती सामुदायिक बन, पश्चिममा कटैनी नदि र दक्षिणमा बसन्ती सामुदायिक बन भित्र पर्ने बाढी पिडिट बस्टी बैजपुर गाउँ, त्यसै गरि उत्तरमा पवेरा सामुदायिक बन, पश्चिममा कटैनी नदि, पुर्वमा पवेरा सामुदायिक बन, दक्षिणमा कटैनी नदि र हुलाकी सडक खण्डभित्र पर्ने बाढीपीडित बस्टी मनिकापुर र कमैया बस्टी सपना शिविरकाे क्षेत्रमा बनिरहेका र बनिसकेकाे घर टहरा ७ दिनभित्र चल अचल सम्पति हटाउन सुचना ताँस गरेकाे थियाे।
