हसुलिया। कैलालीकाे कैलारीमा बाढीपीडित संघर्ष समिति गठन गरिएकाे छ।
हिजाे १४ गतेका दिन ७ दिन अल्टिमेटम सहित बाढीपीडित बस्टीहरुमा सव डिभिजन वन कार्यालय, बसन्ताले घर टहरा हटाउने सुचना बस्टी-बस्टीमा ताँसेकाे थियाे। बिना बिकल्पकाे बर्षाकाे मुखमा यस्ताे सुचना आउँदा चारैतिरबाट विज्ञप्तिसहित घाेर बिराेध भैरहेकाे छ। बर्षाकाे मुखमा कृषकहरुलाई डर, त्रास र आतंक फैलिने गरि राजनितीक दलहरुकाे विना सहमतिकाे सुचना ताँस गरिएकाेमा घाेर बिराेध भैरहेकाे हाे।
यसैबिच हरिचरण डगाैराकाे संयाेजकत्वमा १७ सदस्यीय बाढीपीडित संघर्ष समिति पनि गठन गरिएकाे छ। जसमा सदस्यमा ओमप्रकाश चाैधरी, फिरु चाैधरी, आशाराम चाैधरी, जालुराम चाैधरी, बालकृष्ण चाैधरी, गणेश चाैधरी, रामकुमार चाैधरी, तुलसि चाैधरी, राम चरण चाैधरी, सुन्दरी चाैधरी, विनिता चाैधरी, मञ्जु चाैधरी, ज्ञानी चाैधरी, भरथरी चाैधरी, सन्तोषी चाैधरी, बेझुराम चाैधरी लगायत रहेका छन।
संघर्ष समितिले कैलारी गाउँपालिका, प्रदेश सरकार, सँघिय सरकार र सम्बन्धित निकायमा डेलिकेशन सहित ज्ञापनपत्र बुझाउने र भाेलीदेखि संघर्षका कार्यक्रम सार्वजनिक गरेकाे छ।
१) स्थानीय सरकार गाउँपलिकामा शान्तिपूर्ण घेराबन्दी र जनप्रदर्शन गर्ने
२) जिल्ला स्तरीय वन अतिक्रमण नियन्त्रण समितिमा बाढीपीडित बस्टिलाई उठाउने जनप्रतिनिधिकाे ब्यानर ताँस्ने
३) कथित कैलारी गाउँपालिका उपाध्यक्ष भगपती चाैधरीले बस्टि उठाउने बिषयमा हस्ताक्षर गरेकाेले निजकाे राजिनामा माग गर्ने या आममाफीसहित विज्ञप्ति प्रकाशित गर्नुपर्ने जस्ता माग लिई भाेली १६ गते सम्पुर्ण बाढीपीडित कृषकहरु गाउँपालिकामा डेलिकेशन जाने भनी संघर्ष समितिका संयाेजक हरिचरण चाैधरीले कैलारी पाेष्टलाई बताउनुभयाे।

