हसुलिया। कैलारी गाउँपालिकाभित्रका बाढीपीडित बस्तिहरुकाे सुदुर पश्चिमका मुख्यमन्त्री लगायत मन्त्रिहरुद्वारा अवलाेकन भ्रमण र अनुगमन गरिएकाे छ। अवलाेकन भ्रमणमा दुरपश्चिम् प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक योजना तथा पुर्बाधार मन्त्री प्रकाश देउवा ज्यु आन्तरिक मामिला तथा कानुन मन्त्री शिव राज भट्ट बन पर्यटन तथा बाताबरण मन्त्री रमेश धामी साथै नेपाली कांग्रेस जिल्ला सभापति नारायण दत्त भट्ट लगायतको उपस्थिति रहेकाे थियाे।
साे टोलिद्वारा कैलारी गाउँपालिका भित्रको बाढिपिडित बस्टीहरु र नदि कटान क्षेत्र, घुराह पुल, बसन्ता, रामपुर कटैनी पुल लगायत योजनाको अनुगमन गरिएकाे बताएकाे छ । साथमा कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरी, उपाध्यक्ष भगवती कुमारी चौधरी, गाउँपालिकाका कर्मचारी, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि ज्यु विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाे सहभागीता रहेकाे थियाे।