हसुलिया, ९ माघ । कैलारी गाउँपालिकाको न्यायिक समिति वडामा रहेको मेलमिलाप केन्द्रमा कार्यालय व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको छ ।
कैलारी गाउँपालिकाको न्यायिक समिति संयोजक भगवतीकुमारी चौधरी वडा नम्बर ८ को मेलमिलाप केन्द्रको संयोजक रामचरण चौधरीलाई कार्यालय व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको हो । मेलमिलाप केन्द्र कार्यालय व्यवस्थापनको लागि न्यायिक समितिबाट एकटा टेबल र पाँच वटा कुर्सी, मेलमिलाप केन्द्रको सदस्यहरुलाई परिचयपत्र व्यवस्था गरेको छ ।
न्यायिक समितिसे मंगलबारको दिन वडा नम्बर ६, ८ र ९ मा रहेको मेलमिलाप केन्द्रलाई त्यो सामाग्री हस्तान्तरण गरेको छ भने बाँकी वडामा रहेको मेलमिलाप केन्द्रलाई पनि त्यो सामाग्री हस्तान्तरण गरिने भनी जानकारी गराएको छ ।