हसुलिया, ९ माघ । कैलारी गाउँपालिकाको वडा नम्बर ८ स्थित कटैनी नदीमा निर्माण भईरहेको जैविक तटबन्धको अनुगमन गरिएको छ ।
पालिकास्तरीय अनुगमन समितिको संयोजक भगवतीकुमारी चौधरीको नेतृृत्वमा मंगलबारको दिन स्थलगत अनुगमन गरिएको हो । कटैनी नदीको कटानले जोखिम बढ्दै गएपछि जैविक तटबन्धको निर्माण गरेको असिस्टेन्ट सब इन्जिनियर निर्मल चौधरी जानकारी गराए । जैविक तटबन्ध एक सय ५० मिटर गरिएको छ ।

झोलुङगे पुल कुटटी तोल जैविक तटबन्ध निर्माण योजनाको अनुगमनमा समितिके संयोजक भगवतीकुमारी चौधरी, समितिको सदस्य सुनिला चौधरी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, अनिल चौधरी, प्राविधिक असिस्टेन्ट सबइन्जिनियर निर्मल चौधरीलगायतको उपस्थिति थियो ।