IMG20240203151333

हसुलिया, २१ माघ । कैलारी गाउँपालिका स्तरीय पाँचौ अध्यक्ष रनिङ कप २०८० खेलकुद प्रतियोगिता यहि माघ २० गतेबाट सुरु भएको छ ।

कैलारी यूथस यूनाईटेड क्लवको आयोजना तथा कैलारी गाउँपालिकाको मुख्य प्रवद्र्धक र शंकर युवा क्लबको सहकार्यमा प्रतियोगिता सुरु भएको हो ।
कैलारी–७ शंकर यूवा क्लव छोटी बसन्ताको खेल मैदानमा सुरु भएको खेलकुद प्रतियोगिता गाउँपालिका अध्यक्ष राजसमझ चौधरी एक कार्यक्रमक‍ा विच उदघाटन गर्नु भएको थियो ।

उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँ, खेलाडीहरुले मुलुकलाई(देश) राष्ट्रिय अन्तर्राष्ट्रियमा चिन्हाउने गहना रहेको बताए । एक थरिको यूवा लागु औषध दुव्र्यशनीमा फसेकोले यस किसिमका यूवाहरुलाई खेलकुदमा व्यस्त राख्न सकिन्छ भने केही हद सम्म कुलतबाट बचाउन सकिन्छ । गाउँपालिकाबाट खेलकुदमा बार्षिक लाखौ रकम खर्च हुन्छ । र खेलाडीहरुले पनि लगानीअनुसार प्रतिफल दिन जरुरी रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, `खेलाडीहरुले पनि अब खेलकुदसँग सँगै देशको विकासतर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो। खेलाडीका लागी पालिकाले प्रत्येक बर्ष खेल सामाग्रीको व्यवस्था लगायत तमाम खेलकुद प्रतियोगितामा सहभागिता भएको समयमा सहयोग गर्दै आईरहेको छ ।´

नेपाली काँग्रेस कैलारी गाउँपालिका सभापति कृष्ण प्रसाद चौधरी अनुसाशन पूर्वक खेलकुद सम्पन्न गर्न आग्रह गर्नु भयो । उहाँले, पालिकास्तरीय अध्यक्ष कप खेलाडी टिम छनौटको लागि हो । यस खेलमा राम्रो खेलाडी छनौट हुने छन र छनौट भएका खेलाडी टिमलाई कोच द्वारा प्रशिक्षण दिई हाम्रो पालिकाबाट अरु ठुल-ठुला खेलमा सहभागीता जनाई उट्कृष्ट खेल प्रर्दशण गर्नेछन।

कैलारी यूथस यूनाईटेड क्लवको अध्यक्ष बनसराम चौधरीको अध्यक्षतामा भएको खेलकुद उदघाटन कार्यक्रममा स्वागत मन्तव्य रामस्वरुप चौधरीले गर्नु भएको थियो र संचालन मञ्जु चौधरीले गर्नु भएको थिए । उदघाटन कार्यक्रममा नौ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, राजनितिक दलको प्रतिनिधि, यूवा क्लव, भल्मन्सालगायत खेलाडी तथा सुरक्षा निकाय पत्रकारहरुको सहभागिता रहेको थियो ।

पाँच बिधामा आयोजना गरिएको खेलकुद प्रतियोगितामा उद्घाटन खेल पुरुष फुटबल तर्फ १ नम्बर वडा र ८ नम्बर वडा बिच भएको प्रतिस्पर्धामा १ नम्बर वडाले शुन्यको (०-५)बिरुद् पाँच गोलले जित निकाल्न सफल भयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ