FB_IMG_1707049832446

भजनी। कैलालीको भजनी नगरपालिका ३ पकरियापुरमा बाढी तथा भूकम्प प्रतिरोधात्मक नमुना घर habitat for humanity nepal , RDN नेपाल र भजनी नगरपालिकाबाट नगर प्रमुख सहितको संयुक्त टोली अनुगमन गरेको छ।

Habitat for humanity nepal, भजनी नगरपालिका आर्थिक सहयोग र RDN नेपालको सामाजिक परिचल र प्राबिधिक सहयोगमा बाढी र भूकम्प प्रतिरोधात्मक नमुना घर भजनी नगरपालिका ३ पकरियापुरमा लगभग निर्माण पुरा भैसकेकोले अनुगमनको लागि टोली आएको भनेर RDN नेपालको प्रतिनिधि लाल बहादुर थारु जानकारी दिनु भयो।

वर्षाको समयमा गाउमा जमिन भन्दा लगभग ४ फिट माथि पानी आउने गरेको,भित्र्याएको अन्न बलिको नोक्सान हुने गरेको र यहाँका मान्छेहरुमा मानसिक त्रास रहेको भन्दै बाढी प्रभाबित क्षेत्र भएकोले स्थानीय तहबाट ३ नम्बर वडा र भजनी नगरपालिको पहलमा यो पहल चलेको भनि ३ नम्बर वडा अध्यक्ष बिक्रम चौधरीले जानकारी दिनुभयो। ५ फिट अग्लो जग, ११×११ फिटको २ ओटा कोठा र घरको छेउमा चर्पी रहने गरी घरको संरचना रहेको र यस्तै अरु २५ ओटा घर निर्माण हुन बाकी रहेको पनि जानकारी दिनुभयो।

आजकै मितिमा भजनी नगरपालिका सुरक्षित आवास अन्तर्गत बिपन्न तथा विपद प्रभाबित परिवारका लागि सुरक्षित आवास निर्माण सम्बन्धि habitat far humanity, RDN nepal र भजनी नगरपालिका बीच त्रिपक्षीय सम्झौता भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ