काठमाडौं। साफ यू–१९ महिला फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १(० गोलअन्तरले पराजित गरेको हो।
प्रतियोगितामा यो नेपालको पहिलो जित हो । नेपालका लागि सेनु परियारले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यसअघि भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो। अब नेपालले माघ २३ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।