Screenshot_20240204-202722_Facebook

अनिल कुश्मी, धनगढी। राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० हुने भएको छ । श्री बर्दगोरिया ईभेन्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजनामा २०८० साल चैत ३ गते धनगढीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० हुने भएको हो । अईतबार धनगढी स्थित लोटस क्याफेमा प्रेस मिट मार्फत मनोनयन दर्ताका लागि आह्वान गराउँदै अवार्डका बारेमा जानकारी गराईएको थियो ।

थारु कला, गीत संगीत, रिति सस्कृती जगेर्ना गर्ने तथा कलाकारहरुको हौसला र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रा.लि. का संयोजक हरेन्द्र चौधरीले बताउनु भयो।
माघ २१ देखि मनोनयन अनलाईन मार्फत दर्ता गर्नसकिने, अनलाईन गुगल पे मार्फत रु ५०० शुल्क तिरेर मनोनयन दर्ता गर्न सकिने, २० दिन पछि टप १० छनौट गरि अनलाईन भोटिङ मार्फत अवार्डका लागि उम्मेदवार छानिने संयोजक चौधरीले बताउनु भयो । यस अवार्ड कार्यक्रम मार्फत २५ विधामा अवार्ड दिने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ