Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
सुनसरीमा आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलन हुने – कैलारी पोष्ट
Screenshot_20240205-075232_Facebook

विराटनगर । सुनसरीको गढी गाउँपालिका गढीथानमा आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलन गर्ने भएको छ । हौली परिवार र थारू लेखक संघ नेपालले विराटनगर मा विराटनगर मा पत्रकार सम्मलनकाे आयाेजना गरी गढीथानमा आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलन माघ २६ र २७ गतेआयाेजना हुने भएकाे छ। हौली परिवार, मोरंग सुनसरी अध्यक्ष श्रवण कुमार सुतिहार थारूले जानकारी दिनुभयो । हौली परिवारको उदेश्य अनुसार थारू भाषा, साहित्य, संस्कृतिको संरक्षण, संवर्धन र बिकाश गर्न लेख, रचना, लोक साहित्य संकलन गरी “हौली“ बार्षिक प्रकाशन गर्दै आईरहेको छ । थारू समुदायमा गछदार वा गाउँका मूल ब्यक्तिको नेतृत्वमा सबै मिलेर सकारात्मक कामको लागि पारिश्रमिक बिना शारिरिक सहयोग गरि काम समपन्न गर्ने परंपरालाई हौली भन्ने गरेका थारु समुदाय लोक साहित्यमा धनी भए पनि यसको उचित संरक्षण हुन नसकेकोले लोप हुदै गइरहेको सुतिहारले जानकारी गराए ।थारू लोक साहित्यमा लोकगीत, चांचर, बिरहेन, बालगीत, पालनगीत, समधौन, बारहमासा, भक्तिगीत, निर्गुणगीत, सोहर, मंगल, स्तुतिबन्दना, हरिनाम, चोरखेलिया, ठारीवर्त, आदि नयांपुस्तामा हस्तानान्तर हुन सकेको छैन । यीनै कुराहरु संरक्षण गर्न हौली परिवारले हौली १५ अंक सम्म प्रकाशन गरेका छन । मोरडिया थारु समुदायलाई चिन्हाउन मोरडिया थारु, चोरखेलिया लोकनाचको गीत, हरिनाम लोककिर्तन, तथा अनमोल बेहाल, हालत, प्रकाशके चिन्ता नामक थारु कविता संग्रहहरू प्रकाशन गरेका छन । आठौँ सम्मेलन “थारू साहित्य राष्ट्रिय सम्मेलन“ को नामले संचालन हने ३ दिने कार्यक्रममा २५ गते सांझमा अतिथिहरुलाई बासोबासको ब्यबस्था, २६ गते समुदघाटन र छलफल संचालन र २७ गते विभिन्न विधामा प्रस्तुत भएको विषय बस्तुमा छलफल गरी समापन तथा स्थानिय गाउघर अवलोकन गराई कार्यक्रम रहेको छ ।सम्मेलनमा थारु भाषाका पुस्तकहरु बिमोचन, थारू भाषा साहित्यका लेखक तथा महिला सशक्तिकरणका अभियन्तालाई पुरस्कार तथा सम्मान, मानक थारू भाषाको कार्यान्वयन पक्ष काे बारे कार्यपत्र प्रस्तुत, र थारू समुदायको इतिहास, धर्म र संस्कृतिवारे बिज्ञहरु संग छलफल, थारू साहित्यमा अनुवादको प्रस्तुत, पूर्विया थारु साहित्यको अवस्था वारे छलफल, थारू भाषा साहित्यको संस्थागत बिकास बारे गहन छलफल हुने उपाध्यक्ष फुदनसरी चौधरीले वताए । ग्रामथान संरक्षण, थारू भाषामा पठनपाठन, प्रथाजन्य कानुनका विषयमा समेत छलफल हुने भन्दै पूर्व मेची देखि महाकाली सम्मका करीब १५ सयका सख्यामा थारु समुदायका विशिष्ठ व्यत्तित्वहरुको उपस्थिती हुने उपाध्यक्ष राजेश सरदारले वताए। आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा पुर्व माननीय भगवती चौधरी रहने छ । सम्पर्ण थारु समुदायलाई सम्मेलनमा उपस्थित भई सफल बनाई दिन आयोजकले आग्रह गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ