माेती रत्न, हसुलिया ११ फागुन ।कैलाली जिल्लाको कैलारी गाउँपालिकाको पवेरामा अवस्थित श्री नागेश पशुपती शिक्षा (बोर्डिग स्कूल)मा स्थानिय लोकल फुडस (खाने परिकार) पकाउन (बनाउन) सिकाएको छ। स्थानिय स्तरका पकवानहरु “स्कूलले जिवनमा पकाउदै सिक्दै” गरेका छन ।
थारु पकवान “पकाउदै सिक्दै” नागेश पशुपती का कक्षा ८ मा अध्ययनरत बिद्यार्थीहरुले स्कूलमै मातृ भाषा बिषय अन्तर्गत
प्रयाक्टीकल गरेर पकवानहरु तयार गरेका थिए।
जस्मा मुसाको चट्नी, मुसाको मासु, गगटोको तरकारी,सिद्राको चट्नी,सिद्राको तरकारी,बयरको चट्नी, अन्दीको भात, खरियाँ, ठुसा, लुचुईं, कचरीको बरिया, तिनपुथियक साग, सुरिक सिकार, अचार, चाड अनुसारको विभिन्न प्रकारको थारु ढिक्री लगायत २३ थरीका पकवान तयार गरि एक कार्यक्रम बिच ती पकाईएको पकवानहरुलाई अभिभाबक, शिक्षक, बिद्यार्थीहरु स्वाद चखाएका थिए।
“पकाउदै सिक्दै” कार्यक्रमा उपस्थित अभिभाबक राम लाल चौधरी` अहिलेको युवा पिढीहरु आफनो मातृ (थारु)परिकार बनाउन, पकाउन धेरैलाई आउँदैन। किनभने हाम्रो समाजमा विदेशी पहिरन, पकवानले स्थान पाएको देखिन्छ हाम्रा पु्र्खाहरुले मात्रै थारु परिकार बनाउनमा सबै ज्ञानले भरिएको थिए । पिढी बित्दै जाँदा हाम्रो परिकार पकवान बिस्तारै लोप हुँदै गईरहेको पाईन्छ । अबका युवा बिद्यार्थीलाई मातृ परिकार के कसरी बनाउनु पर्छ? के-के सामग्री चाहिन्छ भन्ने कुरा धेरैलाई थाहा नभएको हुन सक्छ। केहि हदसम्म भए पनि सिक्ने अबसर पाए र बिद्यार्थीहरुले लोप हुँदै गईरहेको मातृ परिकारलाई बँचाउनलाई अग्रसर भएकोमा ( पकाउदै सिकेकाे) खुशी ब्यक्त गर्नु भयो ।
नागेशका प्रन्सिपल श्री रतन बहादुर चौधरी,´मातृ पकवान,परिकार अबको युवा पिढीलाई कसरी बनाउनु पर्छ, के-कसरी बनाउनु पर्छ? के-के मिसाउदा के परिकार बन्छ? चाडपर्व अनुसार परिकारको आकार, स्वरुप बेग्लाबेग्लै हुन्छ। ती परिकारको नामहरु के के हुन? यी यावतकुराहरु युवा पिढीलाई जानकारी नहुन सक्छ। त्यस कारण थारु मातृ पकवान, परिकारलाई मातृ भाषाको बिषय पठनपाठन अन्तर्गत प्राक्टीकल गराएर भावी दिनको लागी स्मरण रहोस भन्ने हेतुले यो कार्यक्रम सफल गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
मातृ पकवान,परिकार कार्यक्रमका सभापती निराजन चौधरी,´ लोकल परिकार(मातृ )हामी जस्ता युवापिढीले आफ्नै मातृ परिकार कसरी बनाउनु पर्छ, कुन परिकार बनाउदा के के सामाग्री चाहिन्छ । हामीलाई केहि थाहा थिएन । कुन तिहारमा कस्तो पकवान बनाउनु पर्छ। बिशेषगरी हाम्रो थारु समाजमा पुरुषले खानेकुराहरु, विभिन्न परिकार, पकवान बनाउँदैनन महिलाले बनाउने हुँदा महिलालाई पुरुषको तुलनामा महिला जानकार हुन सक्छन । अबको हामी जस्ता युवापिढीलाई त झन परिकारको नामै आउँदैन। कुन तिहारमा कस्तो परिकार चाहिन्छ। कस्तो आकार, स्वरुप को हुन पर्छ । यी कुरा हरु कक्षा ८ मा मातृ शिक्षा बिषय अन्तर्गत सम्पुर्ण साथीहरुले मिलेर बनाउने २३ थरी परिकार पकाउने तरिकार र नाम थाहा भयो । शिक्षक, अभिभाबकहरु माझ स्वाद चखाउन पाउने अबसर मिलेकोमा हर्षित भएको बताए ।
कैलारी गाउँपालिकामा बहुसंख्यक थारु जातीहरुको बसोबास रहेकोले यस गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी कार्यलयमा कामकाजी भाषाको रुपमा पनि थारु भाषा बोलिने गरेको पाईन्छ। यस थारु बहुसंख्यक क्षेत्र कैलारी गाउँपालिकाको सरकारी तथा बोर्डिग स्कूलमा मातृभाषा थारु भाषाको पठनपाठन गराईदै आएको छ।