-साेम डेमनराैरा जाेगेठ्वा
म जस्ता सामान्य व्यक्तिले
म जस्ता पातला र निर्बल मान्छेले
बलियाका अगाडी
बल देखाउन नहुँदो रहेछ ।
शक्तिको खेलमा
भक्तिको खेलमा
म जस्ताहरु
पछारिन्छन्
बजारिन्छन्
घचेटिन्छन्
र लछारिन्छन् ।
यो थाहा पाउँदा पाउँदै
मैले फोकटको बल गरेको थिएँ
पहाड सम्याउने त होइन
त्यसलाई उर्बर बनाउन चाहेको थिएँ
अफसोंच,
बारबार भुकम्प आए
र भत्काउँदै छन् सपनाहरु ।
खहेर,
हराएर जित्ने मान्छे होइन
जितेर हराउने पनि होइन
तिमीलाई जिताएर नै जित्नेछु
एउटा कठोर लडाई ।