
माेती रत्न, हसुलिया। कैलारी गाउँपालिका अध्यक्षलाई मुक्तकमैया समाजद्वारा ज्ञापन पत्र बुझाएको छ।
कैलारी गाउँपालिका स्तरीय मुक्त कमैया पुर्नस्थापना समस्या समाधानकाे लागि मुक्तकमैया समाज, कैलारीले गाउँपालिका अध्यक्षलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका हुन। शान्ति र्यालीसहित आएका सयौं मुक्त कमैया किसानहरु कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा पुगि काेण सभा गरि ज्ञापन पत्र बुझाएका हुन। मिलनपुरमा आफु मुक्त कमैयाहरु १७ बर्षदेखि खनजाेट र खेतीपाती गरिरहेकाेले तर सब डिभिजन बन कार्यालय, बसन्ताले बस्ती खाली गरि बृक्षारोपण गरिने निर्णयकाे बिरुद्धमा मुक्तकमैया समाज, कैलारीकाे अगुवाइमा कैलारी गाउँपालिकाका अध्यक्ष श्री राजसमझ चौधरीलाई ज्ञापन पत्र बुझाएकाे कुरा समाजका अध्यक्ष विनाेद कुमार चाैधरीले बताउनुभयाे।
सब डिभिजन बन कार्यालय, बसन्ताले कैलारी वडा नं.७ स्थित पुर्वमा पुरैना ताल, पश्चिममा रत्ना सामुदायिक बन, उत्तरमा हुमाल मार्ग सडक खण्ड र दक्षिणमा बिपतपुर गाउँ र माेहना नदी पर्ने चार किल्ला भित्रपर्ने बन अतिक्रमण गरि घरटहरा बनाई र खेतीपाती गरिरहेकाेले र थप बन फडानी गरिरहेकाे र वन ऐन, र नियमावली विपरित कार्य गरिहेकाे भन्दै सुचना ताँस गरिएकाे ७ दिने भित्र अतिक्रमित क्षेत्र खाली गर्न पत्र पठाकाे थियाे।