Screenshot_20240623-084829_Facebook

काठमाडौँ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले रचना वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

२०८१ असार ८ गते शनिबार साँझ भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको मुख्य समीक्षक प्रगतिशील लेखक तथा उपप्राध्यापक डा. हरिप्रसाद सिलवाल थिए भने स्रष्टाहरूमा मीन राना, गुरुप्रसाद कुमाल बुलबुल, रामप्रसाद गैरे पाल्पाली, समष्टि बुढा, खगेन्द्रा विष्ट र सुभाष जिसी थिए ।

प्रस्तुत रचनामाथि समीक्षा गर्दै डा. सिलवालले कविता आफैमा सिर्जना भएको तथा द्रष्टाहरू कविताको ऐना बन्नुपर्ने तथा त्यसको स्पष्ट समालोचना गर्नुपर्ने बताए ।

उनले अगाडि भने– ‘वाचित रचनाहरू जीवन, दर्शन, समाजका शोषणप्रधान समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको तर त्यसको रूप पक्षमा अझ निखारता ल्याउनुपर्ने बताए ।’

कविता वाचन गर्न समाज तथा मानव जीवनलाई गहन रूपमा बुझ्नुपर्ने बताउँदै समीक्षक डा. सिलवालले प्रगतिशील कविताहरू समाज तथा व्यवस्थाका नराम्रा पक्षका विरुद्ध सौन्दर्यात्मक हतियारको रूपमा अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।’

अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता, उपाध्यक्ष रामदेव पाण्डेको स्वागत मन्तव्यका साथ अगाडि बढेको कार्यक्रमको सञ्चालन महासचिव भीष्म जोशीले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ