धनगढी। कैलालीमा धनगढी नगर इसाई समाज, धनगढीद्वारा आयाेजित ख्रीष्टमस उत्सव -२०८१ भव्यताका साथमा सम्पन्न भएकाे छ।
दुई फरकफरक ठाउँ चौराहा र बुद्धचाेक बाट निकालिएको पैदल-यात्रा, र शान्ति र्यालिमा तथा साँस्कृतिक झाँकीसहित सहभागी भई कार्यक्रम स्थल चकमेली बजार नजिक खुला मञ्चमा पुगि शुभकामना सातासात गरिएको थियो। खुला मञ्चमा धनगढी भएकाे कार्यक्रममा थारु सखिया नाच, राना थारु नाच तथा थारु गितमा नृत्य पनि प्रदर्शन गरिएकाे थियाे। हजारौंको संख्यामा आएका विश्वासीहरुले धनगढी क्षेत्रकाे लागि प्रार्थना पनि गरेका थिए।
साे कार्यक्रम ख्रिष्टमस उत्सव आयाेजक समितिका अध्यक्ष तथा महिमा मण्डली धनगढीका पास्टर कैलाश करियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका उप-प्रमुख कन्दकला राना रहनु भएकाे थियाे भने प्रमुख वक्ता तथा विशिष्ट अतिथि नेपाल मण्डली संगती परिसद NCFN केन्द्रीय अध्यक्ष पास्टर हनाेक तामाङ, सुदुरपश्चिम प्रदेश इसाई समाजका अध्यक्ष पास्टर हिरा भाट, NCFN सुदूरपश्चिम प्रदेश अध्यक्ष पास्टर हर्क सिंह तामाङ, जिल्ला इसाई समाज, कैलाली अध्यक्ष पास्टर हर्क साहू, जिल्ला इसाई समाज, कन्चनपुर सचिव तथा पास्टर समुयल ज्ञावली, नगर इसाई समाज, धनगढी अध्यक्ष तथा पास्टर जाेयल भण्डारी, नगर इसाई समाज, टिकापुर अध्यक्ष तथा पास्टर मंगल चौधरी,नगर इसाई समाज, धनगढी सचिव तथा पास्टर भागिराम चौधरी रहेकाे कार्यक्रममा ख्रीष्टमस उत्सव आयाेजक समितिका सचिव समुयल न्याैपानेले सञ्चालन गरेका थिए।