Messenger_creation_60CACFF2-37B2-406B-AAD0-AADEC65929BA

हससलिया, माघ । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नम्बर ५ बैजपुर गाउँमा ओम प्रकाश चौधरी १२औं पटक भल्मन्सा बनेका हुन।

आइतबारकाे दिन भएकाे भुरा खेलबाट उहाँ १२ औं पटक भल्मन्सा बनेका हुन। साथै अघारी कालीचरण चाैधरी र सचिवमा रामकुार चाैधरी चयन भएका छन भने समुह अघारीहरु क्रमशः हिम्मत समुहका शुक्रराज चाैधरी,बिजय समुहका लक्ष्मी चाैधरी, लालगुँरास समुहका तेजराम चाैधरी, त्रिवेणी समुहका रामकृष्णी चाैधरी, डायमण्ड समुहका दिपक चाैधरी, आक्रोश समुहका बिन्दु लाल चाैधरी, एक्टिभ समुहका गंगा चाैधरी पनि चयन भएका हुन। भुरा खेलमा बार्षिक ३ लाख ७ हजार ६२४ बराबरकाे आय व्यय पनि प्रस्तुत गरिएको कुरा रामकुमार चाैधरीले जानकारी गर्नुभयो।

यस्तै गरि कैलारी गाउँपालिका वडा नम्बर ५ काे मनिकापुर गाउँमा पनि भलमन्सा रघुविर चाैधरी, अघारीमा दिपक चाैधरी, सचिवमा बेचन चाैधरी चुनिएको स्थानीय करण थारुले जानकारी गराए

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ