Screenshot_20250210-202454_Facebook

चखाैरा। मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन हुनुभएको हो ।

यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), महासचिवमा मथुराप्रसाद थारु (बर्दिया), सचिवमा केशव थारु (बाँके) चयन हुनुभएको छ।

यस्तै, सदस्यमा आशाराम थारु (कपिलबस्तु), रामबलि चौधरी (रुपन्देही), सुनिता डंगौरा (कञ्चनपुर), कैलालीबाट यज्ञराज चौधरी, विमला डंगौरा र गणेश चौधरी, बाँकेबाट सुशील चौधरी र फुलकुमारी चौधरी, दाङबाट चन्द्रप्रसाद चौधरी, मनकुकमारी चौधरी, जगवीर चौधरी र यमबहादुर चौधरी, दुर्गाबहादुर थारु (सुर्खेत), बर्दियाबाट लखनप्रसाद वैद्य, माघुराम थारु तथा मोतिराम चौधरी निर्वाचित हुनुभएको छ । एक उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा भने संघको बैठकबाट मनोनित गर्ने संघका नवनिर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ